मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले सहयोगापेक्षी सडक मानवहरुलाई मानव सेवा आश्रमको नवनिर्मित भवनमा गृह प्रवेश गराउने भएको छ । सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा भएको दिन पारेर फाल्गुन ४ गते उनिहरुलाई नवनिर्मित भवनमा गृह प्रवेश गराउन लागिएको हो ।
जिल्ला घोषणा भएको दिनको वार्षिकोत्सवकै अवसरमा उनिहरुलाई गृह प्रवेश गराउने तयारी भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष फागुन ४ गते नेपालमै पहिलो सहयोगापेक्षि सडक मनव मुक्त जिललाका रुपमा मकवानपुरलाई घोषणा गरिउको थियो । सोहि दिन बिहान ८ बजे हेटौंडा–४ र हेटौंडा–९ मा रहेका सहयोगापेक्षिहरुलाई गृह प्रवेशको गराउने उहाँले बताउनुभयो । आश्रमको आफ्नै भवन हेटौंडा–९ स्थित मयुरधापमा तयारी भईसकेकाले उनिहरुलाई गृह प्रवेश गराउन लागिएको हो । मानव सेवा आश्रम हेटौंडामा हाल १५० जना सहयोगापेक्षी सडक मानवहरु आश्रित हुनुहुन्छ ।