मकवानपुर बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बानियाँ ईन्द्र बहादुर बानियाँ नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार (आज) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि नेपालाको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारका लागि दाबी पेस गर्नुभएको थियो ।
नवनियुक्त मुख्यमन्त्री बानियँको सपथ ग्रहण कार्यक्रम आजै अपारह्न ४ः३० बजेका लागि तोकिएको छ । उहाँले सपथ खाएपछि अन्य विभिागीय मन्त्रीहरु नियुक्त गर्ने प्रक्रिया थालिने जनाएको छ ।