मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि खुलालले सामुदायि विद्यालयहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याउने तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । संस्थागत विद्यालयसंग प्रतिष्पर्धा गर्ने तथा व्यवहारीक एवम् प्राविधिक शिक्षा प्रदान गर्ने तर्फ सामुदायिक विद्यालयलाई ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ । प्रमुख खुलालले जिवनमा परिवर्तन ल्याउने शैक्षिक सिकाइ आवश्यक रहेकाले अब सामुदायिक विद्यालयले त्यस्तो शैक्षिक सिकाइलाई प्राथमिक्ता दिनुपर्ने बताउनुभयो । हिजोको जस्तो परम्परागत र जाँचमा पास हुने शिक्षाले मात्र अहिलेको प्रविधि युक्त समाजलाई परिर्वतन गर्न नसक्ने भन्दै उहाँले अहिलेको आवश्यक्ता अनुसारको प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । प्राविधिक एवम् शैक्षिक गुणस्तर कायम गर्ने तथा सकारात्मक शिक्षा प्रदान गर्न तर्फ लाग्न उहाँले अग्रह समेत गर्नुभयो ।
विद्यालयको ४३ औ अभिभावक भेलामा सेवा निवृत्त शिक्षकहरु बलराम न्यौपाने पद्मा पौडेल र अर्का एकजनालाई दोसल्ला ओढाएर बिदाइ तथा सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयबाट एस इ इ परिक्षामा सहभागि भएर उत्कृष्ट अंक ल्याउने अन्कित शर्मालाई पुर्णभद्र ढुङगाना स्मृति शैक्षिक पुरस्कारद्धारा नगद ४ हजार २ सय र अधारभुत तह कक्षा ८ को परिक्षामा उत्कृष्ट ल्याउने सबिना लामिछानेलाई यज बहादुर गुरुङ स्मृति शैक्षिक पुरस्कारबाट पुरस्कृत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा १० नम्बर वडा अध्यक्ष किताब सिंह लामा, वडा सदस्यहरु, सिद्धार्थ माविका प्रअ मोहन शर्मा शिक्षक अभिभावक संघका अध्यक्ष मानकाजी महर्जन पुर्ब अध्यक्ष राम कुमार बिष्ट, टोलबिकास अध्यक्षहरुलगायत शिक्षक अभिभावक विद्यार्थीहरुको उपस्थिती थियो । कुल ४ सय ३७ जना विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा १ देखि ४ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुन्छ भने कक्षा ६ देखि १० सम्म कम्प्युटर कक्षा संचालन हुने गरेको विद्यालयले जनाएको छ ।