फाइल–फाेटाे

हेटौंडा– बागमती प्रदेश सरकारले संञ्चालन गर्न लागेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सभाको तयारी गरीएको छ । प्रदेश सरकारका मुख्यमन्त्री एबम् प्रतिष्ठानका कुलपती डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ४५ दिनभित्र सभा आयोजना गर्ने भएको हो । प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्य अनुसार यसको गठन प्रकृया अगाडि बढाइने बैठकले निर्णय समेत गरेको छ । हेटौंडा अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सूचारु गर्ने प्रकृया अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । प्रदेशको गौरबको योजनामा यो प्रतिष्ठान निर्माणको कार्य पनि भएको उहाँको भनाई थियो । स्वास्थ्य क्षेत्रप्रतिको संबेदनशिलतामाथि ध्यान दिदैं सरकारले मेडिकल कलेज मार्फत दक्ष जनशक्ति उत्पादन एबम् उपचारको उद्देश्य रहेको उहाँले प्रष्ट पार्नुभयो । आगामी बर्षबाट कक्षा सञ्चालन गर्ने गरी तयारी समेत सुरु गरिएको प्रतिष्ठानका सहकुलपती एबम् सामाजिक बिकास मन्त्री युबराज दुलालले बताउनुभयो । भरतपुर अस्पतालसंगको समन्वयमा आगामी बर्षमा एमबीबीएसको कक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानको शैक्षिक कार्यक्रम सञ्चालन, प्राज्ञिक भबन निर्माण, प्रसासनिक भबन निर्माण, अस्पताल सुधारका बिषयमा समेत छलफल भएको मन्त्री दुलालले बताउनुभयो । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि विज्ञान प्रतिष्ठान सञ्चालन गर्न लागेको हो । प्रतिष्ठानमा प्रदेशका मुख्यमन्त्री कुलपति, सामाजिक बिकासमन्त्री सहकुलपति हुने ब्यबस्था रहेको छ । प्रतिष्ठानको सर्बोच्च निकायको रुपमा सभा हुने पनि प्रदेश राजपत्रमा उल्लेख गरिएको छ । जसअनुसार सभाको अध्यक्षमा कुलपति उपाध्यक्षमा सहकुलपति हुनेछन् भने प्रतिष्ठानको मुख्य कार्यालय रहेको क्षेत्रको प्रदेश सभा सदस्य, सम्बन्धीत स्थानीय तहको प्रमुख, स्वास्थ्य क्षेत्र हेर्ने नीति तथा योजना आयोगका सदस्य, उपकुलपति, सामाजिक बिकास मन्त्रालयका सचिब, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब, शिक्षाध्यक्ष र डीन सभाको सदस्य रहने प्रावधान रहेको छ । प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी बिभिन्न बिषयमा अध्ययन, अध्यापन, तालिम तथा अनुसन्धान गर्ने गराउने, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने, गुणस्तरीय स्वास्थ्य सेवाको लागि आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नेलगायत अन्य विभिन्न स्वास्थ्य सम्बन्धी काम गर्ने छ ।