उपत्यकामा आज थप एक हजार ६९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।सङ्क्रमित हुनेहरूमा काठमाडौँमा एक हजार ४६९ जना, ललितपुरमा १३० जना, र भक्तपुरमा ९९ जना गरी आज उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।त्यसै गरी आज देशभर दुई हजार ९४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।त्यस्तै देशभर आज तीन हजार ३२६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ९२ हजार १६६ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।