मकवानपुर । मकवानपुरमा बिहिवार सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहान करिब सवा आठ बजेतिर मकवानपुरको बकैया- ५ झाक्रीडाँडा नजिक  निर्माणाधिन काठमाण्डौ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक सडकखण्ड) मा ना८ख २४३० नम्बरको ट्रिपर दुर्घटना हुँदा चालकको मृत्युु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जादै गरेको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि टिफर चालक चितवन घर भएका अन्दाजी ४२ वर्षीय सानु लो तामाङको सोही ट्रिपरले च्यापिएर  दुर्घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।