हेटौंडा। मकवानपुरको भीमफेदी कारागारमा एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दा कटाइरहेका मनहरी गाउँपालिका–६, लोथरका ३५ वर्षीय समिर परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । बुधबार विहान १० बजेर ४० मिनेटको समयमा कारागारमै परियार एक्कासीआफै बहोस भएका थिए । परियारको उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा परियारलाई डाक्टरले १२ बजेर २० मिनेटको समयमा मृत्त घोषण गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।











