मकवानपुर– भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरको १२ औं वार्षिक साधारण सभामा सात जना स्रष्टालाई विभिन्न पुरस्कारले सम्मान गरेको छ । संगीतकार भीम विरागको ८६ औँ जन्मजयन्तीको अवसर पारेर साधारण सभा तथा विविध पुरस्कार प्रदान गरिएको हो ।
हेटौंडामा आज सम्पन्न प्रतिष्ठानकाे १२ औं वार्षिक साधारण सभामा ५० हजार राशिको हर्षनर बज्राचार्य स्मृति पुरस्कार शुभबहादुर सुनामलाई प्रदान गरेको छ । सङ्गीतकार एवम पुर्व सैनिक समेत रहनुभएका सुनामलाई ५० हजार राशिको हर्षनर बज्रचाय स्मृति बागमती प्रदेश पुरस्कार २०७६ बाट पुरस्कृत गरिएको हो । नेपाली सांगीतिक क्षेत्रमा थुपै्र गितहरु रचना गर्नुका साथै गायन क्षेत्रमा समेत योगदान पु¥याउनु भएकोमा प्रतिष्ठानले उहाँलाई नगद रु ५० हजार राशिसहित सम्मान प्रत्र प्रदान गरी पुरस्कृत गरेको हो ।
सङ्गीतकार सुनामका साथै कार्यक्रममा अन्य ६ वटा विधाका पुरस्कारहरुबाट विभिन्न व्यक्तित्वहरुलाई समेत पुरस्कृत गरीएको थियो । कार्यक्रममा १५ हजार राशिको शिला नारी प्रतिभा पुरस्कार—२०७६ नेपाल टेलिभिजनबाट प्रसारित नृत्य प्रतियोगिता छमछमीमा प्रथम भएकी सन्ध्य आचर्यालाई प्रदान गरीएको छ । त्यस्तै ११ हजार १ सय ११ रुपैयाँ राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार—२०७६ सहित्यकार छवि अनित्यलाई प्रदान गरिएको थियो । त्यस्तै १० हजार राशिको मङ्गलादेवि श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट सत्य देवि दर्नाल, १० हजार १ सय राशिको तुलसीमाया—शिवकुमारी स्मृति नारी पुरस्कार—२०७५ बाट सहित्यकार शान्ति प्रिया बन्दना र १० हजार १ सय राशिकै अजित सिंह गुप्ता भिन्न क्षमता प्रतिभा पुरस्कार संगीतकार प्रविन ग्वाच्छालाई प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा नबोदय सिसु सदनमा कक्षा ८ मा अध्यनरत बाल कलाकार आगमन कोइरालालाई ७ हजार ५ सय राशिको भीममथुरा बाल प्रतिभा पुरस्कार—२०७६ बाट सम्मान गरीएको थियो ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल, मकवानपुरका अध्यक्ष उज्वल शर्मा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकास तामोटको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघु खुलाललको बिशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा सम्मानित व्यत्तित्वहरु र अन्य कलाकार तथा साहित्यकारहरुले साहित्यक रचना एवम् विभिन्न प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।