विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ । सङक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो । पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए ।
तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिस सङ्क्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताउनुभएको छ । साथै डा. टेड्रोसले गरिब देशमा खोप पुर्‍याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिनुभएको बीबीसीले जनाएको छ । गएको हप्ता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा सय प्रतिशतले बढेको तथ्याङ्क छ ।