प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा आज आइतवार भएकाे खेलमा एपीएफले आर्मीलाई ५६ रनले हराएकाे हाे ।
एपीएफले दिएको दुई सय २० रनको लक्ष्य पछ्याएको आर्मी ३२ ओभर १ बलमा एक सय ६३ रनमै अलआउट भयो । उसका हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए । बलिङतर्फ एपीएफका अमर रौटेलाले ४, कमल ऐरीले ३ र किशोर महतोले २ विकेट लिए ।
यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै दुई सय १९ रन बनायो । उसका प्रदीप ऐरीले ७१ र सन्दीप जोराले ५० रन बनाए । बलिङतर्फ एपीएफका विक्रम सोबले चार विकेट लिए । यस्तै शाहब आल र कुशल मल्लले २/२ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफ दुई अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।