युरोकप फुटबलमा इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोलले हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो । इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्टर्लिङले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै समूह डी को इंग्ल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ३ खेलमा ७ अंक जोड्यो । समूहको तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ ।