राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आज (मंगलबार) बिहान सर्वदलीय बैठक आव्हान गर्नुभएको हो ।
राष्ट्रपतिले बिहान ८ः३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको हो । बैठकमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट तीन÷तीन नेता सहभागी हुनु हुने छ । अन्य दलबाट दुई÷दुई तथा साना तथा स्वतन्त्र सांसदबाट एक जना सहभागी हुनु हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले संसदको अवरोध हटाउने विषयमा भदौ ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट र्गनु भएको थियो, भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसद अन्तरगत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनु भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र्गनु भएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका छन् ।