सुनचाँदीको मुल्य आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय मुल्य अनुसार हरेक दिन सुनचाँदीको मुल्य निर्धारण गर्ने गरेको छ ।