मकवानपुर– सहिद सप्ताह २०७६ का अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउनुभएको छ । हेटौँडा–११ स्थित शहिद स्मारक निर्माणको २५ औं वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउने कार्यक्रममा सरिक उहाँ हेटौंडा आउनुभएको हो ।
उहाँले स्मारकमा निर्माण भएको प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिवार्चित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको थियो । उहाँले चार जना अगुवा हरुको पूर्णकदको सालिक र सहिद स्मारकको रजत महोत्सव स्तम्भ अनावरण गर्नुका साथै सहिद स्मारकमा सहिदहरुप्रति पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सहिद स्मारक विकास समिति, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति र हेटौंडा उपाहानगरपालिकाले यो वर्ष विभिन्न कार्यक्रम अायाेजना गरेर संयुक्त रुपमा प्रदेशको राजधानी हेटौंडामा सहिद सप्ताह मनाईरहेको छ ।
(फोटो–फिचर)