मकवानपुर– हेटौंडामा गत माघ १० गते देखि मनाउन सुरु गरिएको सहिद सप्ताहको भोली माघ १६ गते भव्य कार्यक्रम आयोजना गरेर समापन गरिदै छ । माघ १६ गते सहिद दिवशमा विविध कार्यक्रमको आयोजना गरेर सप्ताहब्यापी कार्यक्रमको समापन गरिने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् राजनैतिक दल समन्वय एवम् जनपरिचालन समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभयो ।
बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले सहिद दिवश एवम् सहिद सप्ताहको समापनका दिन भव्य कायृक्रम आयोजना गर्ने निर्णय गरेको स्मारक विकास समितिका सदस्य समेत रहनुभएका प्रमुख खुलालले जानकारी दिनुभयो । सहिद सप्ताहको अन्तिम दिन भोली माघ १६ गते पुर्वपश्चिम राजमार्गमा रहेको सहिद स्मारकको गेटबाट प्रभात फेरी सुरु भएर सहिद स्मारकमा पुगेर सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा कोणसभा हुने उहाँले बताउनुभयो । बैठकले यसका बारेमा सबैलाई जिम्मेवारी प्रदान गरेको समेत प्रमुख खुलालले जानकारी दिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु सहितको सहभागीतामा सहिद सप्ताहको समापन एबम प्रभातफेरीको कार्यक्रम हुने उहाँले बताउनुभयो ।
यसै बिच सहिद सप्ताह अन्तरगत आज सहित्यक गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । सहिद स्मारक विकास समितिका सचिव सुदर्शन प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुलशि थापाको प्रमुख आतिथ्यता रहनुको थियो । कार्यक्रममा मकवानपुरका करीब १५ जना गजलकार एवम साहित्यकारहरु र विद्यार्थीहरुले गजल तथा कविता वाचन गरेका थिए ।