मकवानपुर– जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले साहित्यले समाज परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने बताउनुभएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरको १२ औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै प्रमुख खुलालले सहित्यले समाज परिर्वतनमा चेतना भर्ने काम गर्ने बताउनुभयो ।

प्रमुख खुलालले सहित्यले समाजमा सकारात्मक र नकारात्मक दुबै प्रभाव पर्ने हुनाले नाकारात्मक प्रभावलाई कम गर्दै सकारात्मक दिशामा कलम चलाउनुपर्ने समेत बताउनुभएको छ । उहाँले राज्यले लिएको सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी साहित्यकारहरुको पनि भएको भन्दै सकारात्मक्ताले मात्र समृद्धि प्राप्त हुने हुनाले सकारात्मक दिशामा कलम चलाउन आग्रह गर्नुभयो । साहित्यले समाजलाई देखाएको मात्र हुदैन, र्डोयाएको पनि हुन्छ भन्दै उहाँले साहित्यिक रचनाले समाजमा ठूल्ठला परिवर्तन ल्याएको बताउनुभयो । “मानव समाजलाई ठूल्ठूला र प्रेरणदायक सन्देशहरु संप्रेशित गर्ने सवल माध्यम साहित्य हो” उहाँले भन्नुभयो । साहित्यको माध्यमबाट भीम विरागले समाजमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै प्रमुख खुलालले अग्रजहरुको प्रेरणा र योगदानबाटै अहिलेको परिर्वतन सम्भव भएको बताउनुभयो ।
संगीतकार भीम विरागको ८६ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको प्रतिष्ठानको १२ औं साधारण सभा तथा विविध पुरस्कार बितरण कार्यक्रम संस्थाका अध्यक्ष उज्वल शर्मा भण्डारीको सभाध्यक्षता एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकास तामोटको प्रमुख आतिथ्यता भएको हो ।