मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार सहिद दिवश विविध कार्यक्रम गरेर मनाईएको छ । हेटौंडा–११ स्थित सहि स्मारकमा बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र स्मारक विकास समितिले संयुक्त रुपमा विविध कार्यक्रम आयोजना गरेर दिवश मनाएको हो ।
बिहीबार शहिद स्मारकमा शहिद स्तम्भमा माल्यार्पण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी अर्पण गरिउको थियो । त्यस्तै शहिद सप्ताहका अवसरमा भएका विभिन्न कार्यक्रमका विजयीहरुलाई समापन कार्यक्रममा पुरस्कृत तथा सहयोग गर्ने संघसंस्थालाई प्रमात्रपत्र समेत प्रदान गरिएको थियो । सप्ताहव्यापी रुपमा माघ १० गते बाट सुरु भएको कार्यक्रममा वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रमहरु, रक्तदान, चित्रकलाआदि आयोजना गरिएको थियो ।
शहिद स्मारक समितिका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाईको प्मुख आतिथ्यता थियो । कार्यक्रममा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँ, जिसस प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर राना लगायतले शहिदहरु प्रतिको त्याग तपस्या र उनीहरुको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश प्रमुख सचिव तोयम राय, सुरक्षा निकायका प्रमुखहरु, टोल विकासका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।