मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाको १२ औं अधिवेशन तयारीलाई तीव्रता दिइएकाे छ । जेठ १८ र १९ गते हुने अधिवेशन तयारीकाे लागि बिहीबार पार्टी केन्द्रीय नेताहरू समेतकाे उपस्थितिमा बसेको बैठकले प्रतिनिधि चयनको मापदण्ड निर्धारण गरेको छ।

बैठकले जिल्ला अधिवेशनमा अन्य समुदायबाट २० जना बराबर १ जना, महिलाबाट १५ जना बराबर १ जना र पेशागत, मजदुर र दलित समुदायबाट १० जना बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। त्यसैगरी जनसंगठनहरूबाट पनि प्रतिनिधिहरू चयन गरिने छन्। प्रतिनिधि चयन गर्दा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी बैठकले महासंघहरु र अनेरास्ववीयु, युवासंघ नेपाल, अनेमसंघवाट २ जना र अन्य जन संगठनवाट एक/एक प्रतिनिधीहरु चयन गरिने व्यवस्था गरेकाे छ । प्रतिनिधी चयन गर्दा ३३ प्रतिशत महिला र १५ प्रथितशत युवा अनियार्य चयन गर्नुपर्ने व्यवस्था समेत भएकाे बताइएकाे छ ।

जिल्लाका १० स्थानीय तहका १०२ वटै वडामा जेठ ७ गते र जनसंगठनकाे जेठ ८ गतेका दिन प्रतिनिधि चयन गरिने भएको छ। त्यसैगरी, जेठ १७ गते जिल्लाभर मोटरसाइकल र्याली गरिने छ भने सबै वडा कमिटी, जनवर्गीय कमिटी र तहगत कमिटीले अधिवेशनको ब्यानर राख्नुपर्नेछ समेत निर्णय गरिएकाे छ। पार्टीका संगठित सदस्यहरूलाई फेसबुकमार्फत् अधिवेशनको प्रचार-प्रसार गर्न निर्देशन समेत दिइएको छ।

प्रतिनिधी चयनका लागि हेटौडा उपमहानगरपालिकामा रघुनाथ खुलाल, बागमती गाउँपालिकामा छिरिङ्ग दोर्जे पाख्रीन, बकैया गाउँपालिकामा अणराज जर्घा मगर, मकवानपुरगढी गाउँपालिकामा निर्मला लम्साल, भिमफेदी गाउँपालिकामा भगवती पुडासैनी, ईन्द्रसरोबर गाउँपालिकामा बरिना बल संयाेजक ताेकिएकाे प्रचार प्रसार संयाेजक ध्रुबप्रसाद चौलागाईंले जानकारी दिए । यसैगरी थाहा नगरपालिकामा नारायण रिजाल, कैलाश गाउँपालिकामा बलराम बल, राक्सिराङ्ग गाउँपालिकामा ईन्द्रमान स्याङ्गतान, मनहरी गाउँपालिकामामा एकराज उप्रेती, मजदुर अर्जुन अर्याल, पेशागतमा पदमा पौडेललाई संयोजक तोकिएको चौलागाईले बताए ।

एमाले पोलिटव्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देवी ज्ञावलीको प्रमुख आतिथ्यता र पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएकाे बैठकमा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केदार न्यौपाने, प्रदेश सदस्यहरु समेतको उपस्थिति रहेकाे थियाे ।