हेटाैंडा । मदन भण्डारी फाउण्डेसन मकवानपुरले बिहीबार ३१औं मदन आश्रीत स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आज हेटौंडा–९, स्थित दिव्य बाल उद्यानमा स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाइएको हो ।

No description available.

मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् एमाले केन्द्रिय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मदन–आश्रितको सालिकमा माल्यार्पण गर्नुका साथै मदन आश्रितको बारेमा चर्चा गरिएएको थियो । कार्यक्रममा सहभागीहरुले जननेता मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन–आश्रितको योगदान सधै सम्झिरहने बताउनुभयो । जननेता मदन भण्डारी र कुशल सङ्गठक जिबराज आश्रीतबाट सबैले प्रेरणा लिनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य गोपाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायतको उपस्थिती थियो ।

No description available.

मदन भण्डारी फाउण्डेसन मकवानपुरले तीन दिवशीय कार्यक्रम गरेर ३१औं मदन–आश्रित स्मृति दिवश मनाएको छ । दिवशका अवसरमा पहिलो दिन जेठ १ गते ५ किलो मिटर पुरुष खुल्ला दौड प्रतियोगिता, जेठ २ गते मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता र मुख्य दिन आज स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रम आयाेजना गरेकाे थियाे । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।

No description available.
No description available.
No description available.