मकवानपुर– बागमती प्रदेशकाे प्रदेश सभामा आइतबार दुइ वटा विधेयक पेश भएकाे छ । आइर्तबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश भित्र सुशासनको प्रत्याभुती गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येयक पेश भएकाे छ । बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेलले आजको प्रदेश सभा बैठकमा उक्त बिद्येयक प्रस्तुत गर्नुभएको हो ।
यस्तै बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्द्य विकास बोर्ड ऐन २०७५ लाई संसोधन गर्न बनेको बिद्येयक सभामा प्रस्तुत गर्नुभएको थियो । प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण गरे पछि पहीलो पटक प्रदेश सभाको बैठक आज बोलाईएको थियाे । प्रदेश सभाको अर्काे बैठक भोली बिहान साढे ११ बजे सम्मका लागि स्थगित भएको छ ।