मकवानपुर – मकवानपुरमा आज थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२९ को नमूना परीक्षण गर्दा ७१ ज्नामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८० को पीसीआर विधिबाट र ४९ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा क्रमशः ५४ र १७ जनामा गरि ७१ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा ५१ जना, भिमफेदी गाउँपालिकामा ९ जना, मनहरी गाउँपालिकामा ७ जना, थाहा नगरपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योससंगै जिल्लामा संक्रिय संक्रमितको संख्या १५ हजार ८५५ पुगेको छ । जिल्लामा हाल संक्रिय संक्रमितको संख्या २ सय ७९ रहेको छ, जसमध्य ३ जना संस्थागत आईसोलेसनमा र बाँकी २ सय ७६ जना होम आईसोलेसनमै उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमणमुक्त भएको र योसंगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३३९ पुगेको कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा पीसीआर र एन्टीजेन दुवै विधिबाट गरेर हालसम्म ५६ हजार ६४५ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभए पनि हालसम्म जिल्लामा १ सय ६८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै हालसम्म दुबै मात्रमा कोभिडविरुद्धको खोप लगाउनेको संख्या जिल्लामा एक लाख ९३ हजार ३५० रहेको कार्यालयले जनाएको छ ।