हेटाैंडा– वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सबै प्रकारका व्यवसाय गर्ने नागरिकले राज्यलाई कर तिर्नुपर्ने बताउनुभएकाे छ । उहाँले कर तिर्दिन भन्नु सचेत नागरिकका लागि शोभनीय नहुने बताउनुभयाे । सरकारको नीतिअनुसार नारायणी यातायात व्यवसायी सङ्घद्वारा कम्पनी प्रालिमा रुपान्तरित पुरानो नारायणी यातायात प्रालिको प्रथम वार्षिक साधारणसभामा मन्त्री जम्कट्टेलले करको दरमा वा प्रक्रियामा असहमतिहरु भए राज्यसमक्ष वैधानिक तरिकाले प्रस्तुत गर्न अनुरोध गर्नुभयाे । मन्त्री जम्कट्टेलले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै सुधारोन्मुख भएको हुँदा सरकारले देखेका सपना यथार्थमा परिणत हुने दिन चाँडै आउने समेत बताउनुभयाे ।

कार्यक्रमका वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बाँनियाले यातायात व्यवसायीले राज्यको प्रचलित कानूनको अधिनमा रही गठन गरेका सङ्घसंस्थाप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताए । कार्यक्रममा कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, बागमती प्रेदशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्मुख रङुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, थाहा नगरपालिकाका मेयर लवशेर विष्ठ, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बाेल्ने अधिकाशंले यातायात क्षेत्र राज्यको नियम कानूनको ख्याल गर्दै अगाडि बढ्नुपर्ने तथा सरकारले पनि यस क्षेत्रका अप्ठ्याराको पहिचान गरेर त्यसको समाधानका लागि पहल गर्नुपर्ने बताए ।