मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले यातायात व्यवसायीहरुले आफ्नो पेशालाई मर्यादीत र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी सघंको कम्पनी प्रालिमा रुपान्तरित पुरानो नारायणी यातायात प्रालिको आज हेटौंडामा भएको प्रथम वार्षिक साधारणसभामा उहाँले देश नयाँ संरचनामा गएकाले सोहि बमोजिम यातायात व्यवसायि पनि चल्नुपर्ने बताउनुभयो ।

प्रमुख खुलालले यातायात क्षेत्र राज्यको नियम कानूनको ख्याल गर्दै अगाडि बढ्नुपर्ने तथा सरकारले पनि यस क्षेत्रका अप्ठ्याराको पहिचान गरेर त्यसको समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो । नारायणी यातायात प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता एवम् वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलको प्रमुद आतिथ्यतामा भएको कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, बागमती प्रेदशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, थाहा नगरपालिकाका मेयर लवशेर विष्ठ, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा लगायतकाको आतिथ्यता रहेको थियो ।