फाइल फाेटाे

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको जारी सुनुवाई हेर्दाहेदैमा आइतबार हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानुन व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा आइतबार लाही तोकेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा निवेदक तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहनुभएको छ । आजको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गर्नुभएको छ । संवैधानिक इजलासमा भइरहेको जारी बहसमा आज पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।
यसअघि आजको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।