मकवानपुर– हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर ९ मा फोहोर व्यवस्थापन सम्बन्धी दुईदिने सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा टोल बिकास वडा समन्वय समितिले फोहोर ब्यबस्थापन सम्बन्धी दुईदिने सचेतना मुलक सडक नाटक आयोजना गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरेर आफ्नो ठोल सफा राख्नु पर्ने भन्ने सचेतना फैलाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । सामान्य लाग्ने फोहोरले पनि मानिसलाई धेरै लाग्ने तथा यसले सभ्य समाजको परिचय नदिने भएकाले सरसफाईमा ध्यान पुगोस भन्ने उदेश्यका साथ टो विकास संस्थाको आयोजनामा कार्यक्रम गरिएको ९ नम्बर वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सरसफाई गर्दा हुने फाईदा र बेफाईदा तथा फाेहाेर व्यवस्थापनका बारेमा सडक नाटक प्रस्तुत गरिएको टोल विकास संस्था वडा समन्वय समितिका संयोजक यदुवंश खतिवडाले बताउनुभयो । दुई दिन सम्म वडाका २४ वटै टोल विकास संस्थामा फोहोर ब्यबस्थापन सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।