हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । लदी पर्वका अवसरमा बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको हो।
सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै आजका लागि सार्वजनकि विदा दिएको जानकारी गराउनुभएको हो । माझी समुदायको मुख्यपर्व लदी पर्व भएकाले पालिकाको बैठकले विदा दिने निर्णय गरेको थियो । बकैया गाउँपालिकामा माझी समुदायको बसोबास भएकाले पर्वको अवसरमा विदा दिएको हो ।