काठमाण्डाै – अमेरिकी सहयोग एमसीसीको विषयलाई लिएर नेपालमा भैरहेको विवाद र प्रदर्शनप्रति अमेरिकाले आपत्ति जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी जे बेरीले ट्वीट गर्दै भैरहेका विरोध प्रदर्शनप्रति आपत्ति जनाउनुभएको हो । उहाँले आफूहरु स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व भएको र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु सार्वजनिक गर्न पाउनुपर्ने उहाँको भनाइ छ ।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022