मकवानपुर– शहिद सप्ताहको अवसरमा हेटौँडाको सहिद स्मारकमा शनिबार बक्तिृत्वकला प्रतियोगिता र रक्तदान आयोजना गरीएको छ । शुक्रबारबाट सुरु भएको सप्ताहब्यापी कार्यक्रम अन्तरगत आज क्यापस स्तरीय वक्तृत्वकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सहिद स्मारक विकास समितिका सदस्य अजित विडारीको संयोजकत्वमा भएको वक्तृत्वकला प्रतियोगिता सहिद स्मारक विकास समितिका अध्यक्ष एवम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । “शहिदको बलिदान र हाम्रो अभियान” शिर्षकमा भएको प्रतियोगितामा मकवानपुर बहुमुखि क्याम्पस, हेटांँैडा क्याम्पस, कृषि वन विश्व विद्यालय हेटोँडा र हेटौंडा स्कुल अफ म्यानेज्मेनटका १२ जना विद्यार्थीहरुको सहभगीता रहेको थियो ।

प्रतियोगीमा हेटौंडा स्कुल अफ म्यानेजम्यान्डकी समृद्धि देव प्रथम, कृषि तथा वनविज्ञान विश्व विद्यालयकी अस्मिता ज्ञावली दोस्रो र हेटौंडा क्यामपसकी अन्जली घिमिरे तेस्रो हुनुभएको सहिद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथमलाई नगद ७ हजार ५ सय, द्धितिय लाई नगद ५ हजार र र तृतिय हुनेलाई दुई हजार नगद सहित सहित मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका बिजेतालाई माघ १६ गते सहिद दिवशको समापन कार्यक्रमका अवसरमा पुरस्कार बितरण गरिने बताईएको छ ।
सहिद सप्ताह अन्तरगत नै आजै भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा सहिद स्मारक विकास समितिका लेखा समिति संयोजक खेमराज सापकोटाको संयोजकत्वमा कार्यक्रम भएको हो । सहिद सप्ताहको आईतबार मकवानपुर जिल्लाको विविधता झल्कने सांस्कृतिक कार्यक्रम हुने स्मारक विकास समितिका उपाध्यक्ष रानाले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटाैंडा–११ का वडा अध्यक्ष गाेकर्ण पराजुली, वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देललगायत स्थानिय तथा पर्यटकहरुको सहभागिता रहेको थियो ।