मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष रघुनाथ खुलालले राज्यले लिएको “सुखि नेपाली समृद्धि नेपाल” निर्माणको पहिलो आधार शिक्षा भएको बताउनुभएको छ । हेटौंडा–८ कमाने, बाहादुरगञ्ज स्थित चन्द्रोदय माध्यमिक विध्यालयको अभिभावक भेलाको शनिबार उद्घाटन गर्दै उहाँले राष्ट्रको उन्नती र प्रगतिकालागि शिक्षा महत्वपुर्ण भएको बताउनुभएको हो ।
शिक्षालाई व्यावसायिक रुपमा अघि बढाउन जरुरी रहेको भन्दै प्रमुख खुलालले त्यस तर्फ लाग्न जरुरी रहेको बताउनुभयो । शिक्षक, अभिभावक र विद्यार्थीहरुको अथक मेहनत नै सफल शिक्षाको आधार भएको उहाँको भनाई थियो । असल नागरिक उत्पादन गर्ने पहिलो थलो विद्यालय भएको भन्दै असल नागरिक उत्पादनमा सबैको प्रयत्न जरुरी रहेको उहाँको भनाई थियो । सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि सबैको योगदान आवश्यक रहेको र सोहि अनुसारको भुमिका निर्वाह गर्दै नमुना विद्यालयको परिचय स्थापित गर्न सक्नु पर्ने प्रमुख खुलालको भनाई थियो । “नमुना बिधालयमा सबै नमुना बनाउनु पर्छ, सबैले आफुलाइ सुधार गर्दै जानु पर्छ, भौतिक संरचना मत्रै निर्माण भएर हुदैन सिकाइमा पनि सुधार हुनु पर्छ ।”–प्रमुख खुलालले भन्नुभयो ।
समाज नकारात्मक बन्दै गएको प्रती चिन्ता व्यक्त गर्दै प्रमुख खुलालले सबैलाई सभ्य र सकारत्मक समाज निर्माणमा लाल्न आग्रह समेत गर्नुभयो । शैक्षिक क्षेत्रका सना साना सुधार गरेमा समाव परिर्वतन हुने र ठूलो सुधार हुने उहाँको भनाई थियो ।भौतिक विकासले मात्र समृद्धि नहुने भन्दै शिक्षाको विकासमा स्थानिय सरकार लगायत सबैले शिक्षामा विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
८ नम्बर वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक दिप कुमार थापाले विद्यालयको प्रगति प्रतिवेदन र सहायक लेखापाल नवराज जमकट्टेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, पुर्व विद्यायल व्यवस्थापन समितिका अध्यक्षहरु, समाजसेवी, अभिभावक विद्यार्थीलगायतको उपस्थिती थियो ।