हेटौंडाः हेटौंडा–२ स्थित वनस्खण्डी देबि संरक्षण समितिको २० औ साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राम मान श्रेष्ठको अध्यक्ष्तामा भएको साधारण सभामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

Image may contain: 12 people, including Ramman Shrestha, Pawan Karki and Kumar Paudel, people smiling, people standing and outdoor

साधारण सभाको उद्घाटन् गर्दै मेयर महतले वनस्खण्डीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्दै लैजानकालागि उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । हेटौंडाका महत्वपूर्ण पर्यटकिय क्षेत्र मध्ये वनस्खण्डी पनि एक रहेको भन्दै यसको विकासमा सदैव सहयोग गर्न तयार रहेको उहाँले बताउनुभएको छ । कार्यक्रममा हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने, राप्रपाका जिल्ला नेता सिताराम बतौलालगायतकाले मनत्व्य ब्यक्त गर्नुभएको थियो । आईतबारसाधारण सभाले पुन तेस्रो कार्यकालकालागि राम मान श्रेष्ठकै अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।