निशा गुरुङ/हेटौंडा
मकवानपुरको राक्सिराङ दुर्गम गाउँपालिका हो । उक्त गाउपालिकामा लोपोन्मुख चेपाङ तथा तामाङलगायत जनजातीहरुको वसोवास रहेको छ । राक्सिराङ् गाउँपालिकामा प्रशासनिक रुपमा ९ वटा वडामा विभिजित छ । गाउँपालिकामा १५ हजार ८ सय ३ पुरुष र १४ हजार ९ सय ६६ महिला गरि कुल ३० हजार ७ सय ६९ जनसंख्या रहेको छ । गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी छन् । आधारभुत स्वास्थ्य सेवा केन्द्र ६ वटा र बर्थिङ् सेन्टर ४ वटा रहेका छन । पालिकाभरीमा ५३ वटा सामुदायिक विधालय रहेको छ ।
गउपालिकाको आर्थिक वर्ष २०७६÷७७ मा २५ करोड ४४ लाख ५१ हजार रहेको थियो । प्रदेश बाट ५१ करोड १ लाख ५१ हजार र आन्तरिकबाट १९ करोड ३३ लाख २४ हजार रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा कार्यन्वयनका लागि पारित बजेट श्रोत चालु २३ करोड १७ लाख ४७ हजारमा १७ करोड ४२ लाख ३७ हजार खर्च भएको थियो । पुँजीगतर्फ २६ करोड ७१ लाख ७९ हजारमा १९ करोड ७६ लाख ६८ हजारमात्र भएको गापाले जनाएको छ ।
राक्सिराङ् गाउँपालिकामा सम्पन्न भएका योजनाहरु भवन १७ वटा , सिंचाई १० , कृषि ६ , वन तथा भु संरक्षण ४ , शिक्षा १८ र तटवन्ध ११ छन । यसैगरी संरक्षण ४, खेलकुद तथा मनोरञ्जन ८, सडक १ सय ५, खानेपानी २७, आयआर्जन ७, संस्कृति २६, विधुत २०, वातावरण संरक्षण १, पर्यटन ६, विपद २, फोहोर मैला व्यवस्थापन २, सामान्य सेवा १, सहकारी ३, पंजीकरण १, निर्वाचन क्षेत्र स्थानीय पुर्वाधार ९, संचार तथा सुशासन ५, चेपाङ् विकास कार्यक्रम ४, स्वास्थ्य ६, हेलिप्याड ९, प्रधानमन्त्री रोजगार कार्यक्रम १४ सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले. जानकारी दिनुभयो ।
२६ हजार ३ सय ८८ ले पाए प्रधानमन्त्री रोजगार कार्यक्रम
गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पिप्ले झेलुङ्गे पुल मोटरवाटो ढल निकास तथा मर्मत , माईराङ् हात्तिखोला गोरेटे बाटो निर्माण निर्माण भएका छन । यसैगरी कुलो निर्माण , थुम्कि सानो भावर नाली निर्माण , कुत्तासिङ देवी कालिका मन्दिर सिडी निर्माण , रामजीपाल गैंजुराङ् हुदै भिम्बुङ्सम्म गोरेटे बाटो निर्माण गरिएको छ ।
तोरिराङ् स्पोर्ट ग्राउण्ड तटबन्धन निर्माण योजना , बोटबारी ताङराङ गोरेटे बाटो मर्मत योजना , बुखुम बम्किन पैदल मार्ग निर्माण योजना , मनहरी चुरीडाँडा पर्यटकिय पैदल मार्ग निर्माण , दगुवाङ टोलदेखि दामराङ् आधारभुत बिधालयसम्म गोरेटे बाटो निर्माण , घलेडाँडा बिरालीटार कुलो निर्माण योजना , पातुङ् भुक्टी राक्सिराङ् जयसिन्ताल बाटो स्तरीकरण तथा नाली काट्ने योजना , श्री सिलिङे कालिकाथान संरक्षण निर्माण सम्पन्न भएका गापाले जनाएको । जस्मा कुल रकम ४१ लाख ३० हजार र अनुदान रकम ४३ लाख २७ हजार रहेको थियो । उक्त कार्यक्रम अन्तर्गत २६ हजार ३ सय ८८ जनाले रोजगार पाएको गाउँपालिकाले बताएको छ ।
सामाजिक सुरक्षा लाभग्राही अन्तर्गत जेष्ठ नागरिक भत्ता १ हजार १ सय २१, जेष्ठ नागरिक भत्ता दलित १ सय १ , विधुवा भत्ता ४ सय ७३ , बालबालिका सुरक्षा भत्ता दलित ८९ , पुर्ण अपाङ्गता भत्ता १४ , अति अशक्त अपाङ्गता भत्ता ३७ लाभग्राही संख्या रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका न्यायिक समितिमा परेका ५४ मुद्दामध्ये मेलमिलापको माध्यमबाट ४३ वटा समाधान गरिएको छ । मेलमिलापको माध्यमबाट समाधान गर्न नसकी माथिल्लो निकायमा पठाएको मुद्धा १० रहेको छन । छिनोफानो गर्न बाँकि रहेको मुद्दा १ वटामात्र रहेको छ ।
गाउँपालिकाले विपद व्यवस्थापनको सन्दर्भमा जोखिम नक्सांकन गरेको छ । एक वडा एक हेलिप्याड निर्माण गरिएको छ । गाउँ विपद व्यवस्थापन समिति गठन गरिएको र प्रत्येक वडामा विपद व्यवस्थापन स्वयमसेवहरु तयार पारिएको गापाका अध्यक्ष मल्लले वताए ।
विपद व्यवस्थापन तथा सहयोग सामग्रीहरु तयार राखिएको एवं वितरण गरिएको , रोग नियन्त्रणका लागि आवश्यक तथा महामारी नियन्त्रण योजना अन्तर्गत ५ सदस्यीय र्यापीड रेस्पोन्स टिम गठन गरिएको छ । एम्बुलेन्स खरिद गरी संचालनमा ल्याइएको छ । नव निर्मित सडक छेउछाउ वृक्षारोपण गरिएको भने, विपद सम्बन्धी चेतनामुलक संदेशहरु प्रवाह गर्ने गरिएको गाउँपालिकाले बताएको छ ।
कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी कार्यहरु गरिरहेको छ । लकडाउनको अवधिमा उधोग , कृषि उपज , निजि आवास सहित विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धी कार्य सञ्चालन तयार गरी कार्य अगाडी वढाएका छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोष स्थापना गरिएको छ । बाहिरी जिल्लाहरुमा अलपत्रमा परेकाहरुको उद्धार र ५० बेड क्षमताको सुविधा सम्पन्न क्वारेन्टाईन संचालन गरिएको छ । हाल अस्थाई आइसोलेशन वार्ड संचालनमा ल्याएको छ । स्थायी आइसोलेशन वार्ड निर्माणको क्रममा रहेको छ । स्थानिय रेडियो , पत्रपत्रिका मार्फत साथै माइकिङ् , पर्चा , वेबसाइट , सामाजिक संजाल मार्फत चेतनामुलक सामाग्रीहरु प्रवाह गरिएको छ । , कर्मचारीहरुको कोभिड बिमा गराइएको गाउँपालिकाले जनाए ।
गाउँपालिकाका अनुकरणीय कार्यहरु
विपद व्यवस्थापन सम्बन्धमा प्रत्येक वडाहरुमा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिका भित्रका सम्पुर्ण दलित घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको छ । गाउँपालिका भित्रका सम्पुर्ण दिर्घ रोगिहरुलाई घर घरमै पुगी निःशुल्क औषधि वितरण गर्न आमा बुवा कार्यक्रम गरिएको छ । सडक निर्माण तथा झोलुंगे पुल निर्माण गरि गाउँपालिका केन्द्रमा बाह्रै महिना सडक मार्ग भै पुग्न सकिने अवस्था बनाइएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाका समस्याहरु
नीतिगत तथा कानुनी समस्या रहेका छन । संघ तथा प्रदेश सरकारबाट यथेष्ट नीति तथा कानुन नबन्नु , जटिल भौगोलिक स्थिति एवं सो बाट उत्पन्न भइरहेको प्राकृतिक प्रकोप , लकडाउनका कारण उपभोक्ता समितिबाट गरिने कार्यमा निर्माण सामग्रीको उपलब्धतामा कठिनाइ तथा ठेक्का व्यवस्थापनमा बन्दाबन्दिको कारण ढिलासुस्ती भएको छ । गाउँपालिकाको प्रशासकीय भवनको अभावका कारण सेवा प्रवाहमा कठिनाई भएको छ भने अत्यावश्यक ठुला एवं बढी लागत भएका आयोजनाहरु संचालन गर्न समस्या भएको बताएको छ ।
सुझाव तथा अपेक्षा
राज्यले बिशेष तथा संरक्षित क्षेत्र घोषणा गरि पालिकाको समग्र विकासमा जोड दिनुपर्ने वताएको छ । आवश्यक मात्रामा कर्मचारीको व्यवस्था गर्नुपर्ने र सबै वडाहरुमा इन्टरनेट र टेलिफोनको पहँुच पु¥याई वडाहरुलाई सुचना प्रबिधि मैत्री बनाउनुपर्ने जनाएको छ ।
क्षेत्रगत गुरुयोजना निर्माण गरी त्यस्का आधारमा सबैखाले पुर्वाधार निर्माण , एक वडा एक स्वास्थ्य चौकी हुनुपर्ने माग गरेको छ । संघ तथा प्रदेशबाट चेपाङ् विकासको लागि विशेष कार्यक्रम हुनुपर्ने वताएको छ । खानीजन्य पदार्थको उत्खनन् तथा विकासमा जोड दिइनुपर्ने , राष्ट्रिय स्तरको मनहरी, चैनपुर ,खैराङ् , मलेखु सडक निर्माण कार्य अघि बढाउन संघ÷प्रदेश सरकारले आवश्यक सहयोग गर्नु पर्ने गापा अध्यक्ष मल्लले वताए । समानुपातिक समावेशी ढंगले हेरी समग्र विकासमा सबै पक्षले महत्वपुर्ण भुमिका खेल्नु पर्ने गाउँपालिकाले जनाएको छ ।
जिल्ला समिक्षामा गाउँपालिकाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ काे प्रगती प्रतिवेदन हेर्नुहाेस।