मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ का महिला सामुहिक खेतीमा आबद्ध भएका छन् । परम्परागत तरिकाले व्यक्तिगत रुपमा निर्वाहमुखी खेती गर्दै आएका महिला व्यवसायिक कृषि उत्पादनको लागि संगठित भएर सामुहिक खेतीमा आबद्ध भएका हुन् ।

सृजनशील नेपाल नामक संस्थाको सहयोगमा उपमहानगरपालिकाका तीन वटा वडामा गरि २७ वटा महिला समुहले सामुहिक रुपमा तरकारी, पशुपालन, अदुवा खेती, लगायत बचत समेत गर्न थालेका छन् । संस्थाले समुह निर्माण गरी बिउँ पुँजी समेत प्रदान गरेपछि अहिले उक्त क्षेत्रका महिलाहरु आत्म निर्भर हुनुका साथै उनिहरुको जिवन शैलीनै परिर्वतन भएको छ । आइतबार उक्त संस्थाले संचालन गरेका विभिन्न समुहका कार्यक्रमहरुको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन समेत गर्नुभएको छ । सुरुमा संस्थाले समुह निर्माण गरेर बिउँ पूजी उपलब्ध गराएकोमा अहिले महिलाहरु आफै सक्षम भएका छन् ।

अनुगमनका क्रममा उनिहरुले समुहमा काम गर्दा सहज हुनुका साथै उत्पादन समेत बढी लिन सकिएको बताएका छन् । उनिहरुले महिलाहरु संगठीत भएर सामुहिक कृषि गर्न सक्षम भएको, वडा, नगरमा कृषि सम्बन्धि कार्यक्रम माग गर्न सक्षम भएको साथै आफै आम्दानी गरेर आत्म निर्भर भएको बताएका छन् । उनिहरुले पूरुष प्रति निर्भर हुन पर्ने अवस्थाबाट बाहरि निस्कन सकेको प्रतिकृया दिए । उनिहरुले समुहमा बचत गर्ने गरेको जसबाट आफ्नो आवश्यक्ताहरु समेत मार्नु नपरेको र निकै खुसी भउको प्रतिकृया दिनुभयो । सो क्रममा जिसस प्रमुख खुलालले समुहमा काम गर्ने बानीको विकास भएको प्रति धन्वाद दिनुहुँदै महिलाहरुमा आएको परिर्वतनका लागी संस्थालाई धन्यवाद समेत दिनुभयो । उहाँले सामुहिक रुपमा गरेका कामले प्रतिफल राम्रो दिने भन्दै यसलाई व्यवस्थित रुपमा सञ्चिालन गर्न सुझाव समेत दिनुभयो । अनुगमनमा संस्थाकी अध्यक्ष शान्ता बराललगायत संस्थाका वडा सहजकर्ताहरुको उपस्थिती थियो ।