मकवानपुर – मकवानपुरमा आइतबार सामाजिक सुरक्षा सहित श्रम कानून कार्यान्वयनको लागि श्रमिक परिचालनका सन्दर्भमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ –जिफन्ट) बागमती प्रदेश कमिटीको आयोजनामा योगदानमा आधारीत सामाजिक सुरक्षा योजना कार्यान्वयन तथा श्रमिक कानुन कार्यान्वयनका सन्दर्भमा कार्यक्रम भएको हो ।

जिफन्ट बागमती प्रदेश कमिटी उपाध्यक्ष अर्जुन ढुंगेलको अध्यक्षता एवम् जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले सबै क्षेत्रका श्रमिकहरुमा सामाजिक सुरक्षा सहित श्रम कानुन कार्यान्वयन हुनु पर्ने बताउनुभयो । उहाँले केहि उद्योग प्रतिष्ठानमा अझै पनि योगदानमा आधारीत सामाजिक सुरक्षा योजना कार्यान्वयन नभएको प्रति ध्यानाकर्षण गराउनुभएको थियो । जिफन्टले योगदानमा आधारीत सामाजिक सुरक्षा योजना र श्रम कानुन कार्यान्वयनलाई अहिले अभियानकै रुपमा अगाडी बढाएको समेत उल्लेख गर्नुभयो । उहाँले जिफन्ट स्थापना अघि नै सुरु भएको मजुदर आन्दोलन हुँदै हालसम्म आईपुग्दा प्राप्त उपलव्धीका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले योगदानमा आधारीत सामाजिक सुरक्षा योजना र श्रम कानुन कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले यसको कार्यान्वयनका लागि श्रमिकहरु प्नि एक् जुट हुनु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, जिल्ल समन्वय समिति मकवानपुरका प्रमुख एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, एमाले बागमती प्रदेश कमिटी सदस्य श्याम श्रेष्ठलगायत विभिन्न संगठनका प्रमुख एवम् प्रतिनिधि तथा श्रमिकहरुको उपस्थिती थियो ।












