मकवानपुर – मकवानपुर क्याम्पसमा विद्यार्थीको मासिक शुल्क ६५ प्रतिशत र भर्ना शुल्कमा एक सय प्रतिशत बृद्धी तत्कालका लागि स्थगन गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिले गत मंसिर २० गते गरेको शुल्कबृद्धिको निर्णय स्थगन गरेपछि विद्यार्थीहरूले गरेको आन्दोलन पनि स्थगन गरेका छन् । आन्दोलनरत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी युनियनले रिले अनशनको कार्यक्रमलाई स्थगित गरेका हुन ।
सञ्चालक समितिको हिजोको वैठकले हाललाई बृद्धी गरेको शुल्क स्थगन गर्ने निणय संगै रिले अनसन पनि स्थगित भएको हो । आज तीन वटै संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै क्याम्पसको निर्णयको स्वागत गर्दै क्याम्पसले शुल्क बृद्धि गरेपछि अनेरास्ववियु तथा स्तन्त्र विद्यार्थी युनियनका नेताहरुले गएको १९ दिनबाट रिले अनशनअनशन स्थगित भएको बताएका हुन् । आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलले अनशनमा रहेका विद्यार्थी नेतालाई जुस खुवाएर अनसन तोड्नु भएकाे थियाे । निर्णय स्थगन पछि प्रतिकृया दिँदै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरका सभापति कुमार केसीले विद्यार्थीको अधिकारको लागि स्ववियु सधै तत्पर हुने बताउनुभयाे ।