मकवानपुर । हेटौंडा–११, स्थित सहिद स्मार विकास समितिको बैठक आज (बुधबार) बसेको छ । स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा समितिको पाँचौं पूर्ण बैठक बसेको हो ।
बैठकले सहिद सप्ताह २०८० (माघ १०–१६) का अवसरमा आयोजित साप्ताहि कार्यक्रमको समिक्षा गरेको समतिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो । साप्ताहि कार्यक्रम अन्तरगत खासगरि “कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबर्दन मेला“ का विषयमा विशेष छलफल भएको उहाँले बताउनुभयो । स्मारक विकास समितिका लागि यो पहिलो अनुभव भएको र यसले स्थानीय वस्तुको प्रबद्र्धनमा टेवा पुगेको साथै आगामी मेलाको आयोजना गर्दा केहि विषयमा ध्यान दिनु पर्नेलगायतका निश्कर्ष निकालेको उहाँले बताउनुभयो ।
बैठकले मेला सञ्चालनमा अनुभवको कमि छोटो समयको तयारि लगायतका कतिपय कमि कमरीहरु देखिएको भयपनि मेला तथा साप्ताहिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । मेला सञ्चालनका लागि स्टल, स्टेज, माइक, प्रचार, छपाइ, पुुरस्कार, खाजा, खाना विविध लगायतका शिर्षकमा ९ लाख १२ हजार खर्च भएको प्रारम्भिक खर्च विवरण समेत बैठकमा जानकारी गराईएको उहँँले बताउनुभयो । मेला सञ्चालनमा आयोजकले कुनै प्रकारको शुल्क नलिएको समेत उहाँले बताउनुभयो ।
बैठकले सहिद सप्ताह अन्तरगत सञ्चालित विभिन्न कार्यक्रमहरु सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने स्थानीय प्रशासन, सुरक्षा निकाय, कर्मचारीलगायत सबैलाई विषेश धन्यवाद व्यक्त गरेको उहाँले बताउनुभयो ।
त्यस्तै आजको बैठकले स्मारक परिषर भित्र २० मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा राख्ने, पर्यटक प्याकेजको तयारि गर्न समिति निर्माण, नियमित राष्ट्रिय गान बजाउने, सहासिक मनोरञ्जनात्मक खेल निर्माण सम्झौताको लागि अख्तियारि तोक्नेलगायतका निर्णय गरेको खुलालले बताउनुभयो ।