प्रतिकारात्मक तस्विर

हेटौंडा । मकवानपुरमा गुडिरहेको सुमोमा माथिबाट ढुङ्गा खस्दा एक जना यात्रु घाइते भएका छन् । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी–८ बगुवामा काठमाण्डौबाट सर्लाही तर्फ जाँदै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसि सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार वतन नखुलेको अन्दाजी ३० वर्षीया महिला घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागि महिलाको अवस्था गम्भिर रहेको र उपचारको लागि हेटौडा ल्याउँदै गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिनुभयो ।