मकवानपुर । हेटौंडामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साझ हेटौंडा-१७ गैरीगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सालक पार्कबाट चौघडातर्फ आउदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट जादैगरेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिदा हेटौंडा-१६ जुरेथुम बस्ने हरि पनेरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी हुनुभएको छ । उहाँलाइ उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।