प्रतीकात्मक तस्बिर

हेटाैंडा । हेटौंडामा ग्यास गिजर प्रयोेग गरी नुहाउने क्रममा एकजनाको मृत्यु भएको छ । हेटौँडा–९, लामसुरेमा सोमबार ग्यास गिजर प्रयोग गरेर नुहाउने क्रममा २१ वर्षीय युुनेश काफ्लेको मृत्यु भएको हो ।
सोमबार दिउँसो १२ बजेको समयमा घरकै बाथरुममा ग्यास गिजर प्रयोेग गरी तातो पानीले नुहाउने क्रममा लामो समय बाथरुमबाट युनेश ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फुटाएका थिए । हेटौंडा–९, का वडा अध्यक्ष सुकराम केसीका अनुसार अचेत अवस्थामा बाथरुममा भेटिएका युनेशलाई हेटौँडा–१ स्थित मकवानपुर सामुदायिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।