हेटौंडा । मकवानपुरमा प्रहरीले ३६८० बोरा अबैध मल सहित ८ वटा ट्रक नियन्त्रणमा लिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा अबैध मल सहित ८ वटा ट्रक नियन्त्रणमा लिएको हाे ।
आठ वटा ट्रकमा ल्याइएको ३६८० बोरा मल राजश्व छलि गरेर भित्रयाएको आसंकामा प्रहरीले नियन्त्रणमा लिएको हो । अबैध रुपमा निकासी हुँदै गरेको ३ हजार ६८० बोरा मलसहित ट्रक नियन्त्रणमा लिएर अनुसंधान प्रक्रिया अघि बढाइएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।