बारा– उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलल नेकपालाई कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा त्यसको विरुद्ध आफूहरु उत्रिएको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी बाराद्वारा आज कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी एकता हुँदा जनतामा देखिएको खुशी अहिले निरासामा परिणत हुन थालेको पनि बताउनभयो ।
कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीले रहरले नभई बाध्यतावश नयाँ जनादेशका लागि जनतासमक्ष जान संसद् विघटन गरी चुनावको मिति घोषणा गर्नु भएको बताउनुभयो । उहाँले अब निर्वाचन कसैले रोक्न नसक्ने बताउदै त्यसको तयारीमा जुट्न आम पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।