सांकेतिक तस्विर

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पाेखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भैरहेको छ । नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । विस्तृत अध्ययनपछि थप जानकारी दिने एसपी रेग्मीले बताउनुभयाे ।