हेटौंडा । दैनिक जिवन यापनमा समस्या व्यहोर्दै आएका हेटौंडाका दुई जना शारिरीक अशक्तलाई सहायक सामग्री बितरण गरीएको छ । शुक्रबार उपमहानगरको बार्षिक स्विकृत कार्यक्रम अनुसार हेटौंडा १० र ११ का दुई शारिरीक अशक्तलाई सहायक सामग्री प्रदान गरिएको हो ।
उपमहानगरपालिकाले हेटौंडा १० का अर्विन्दसिंह पाख्रिन र ११ का कस्मिता पुरीलाई एक÷एक वटा ह्विच चियर प्रदान गरेको हो । घरमा हिड्डुलका लागि असहज भएको अवस्थामा उपमहानगरले दिएको सामग्रीले शारिरीक अशक्त रहेका दुबैको जिवन यापनमा सहज हुने अभिभावकहरुले बताएका छन् । हेटौंडा उपमहानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ मा कृतिम खुट्टा १, ह्विल चियर ४, इलेक्ट्रिक ह्विल चियर २, पैताला र खुट्टा सिधा गर्ने “एपिव” जुत्ता १ वटा हस्तातरण गरीसकेको छ ।