मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ३६ ओैं विश्व एड्स दिवसको सन्दर्भमा एचआईभी संक्रमित परिवारलाई सहयोग गरेको छ । दिवशको सन्दर्भ पारेर उपमहानगरले एचआइभी संक्रमित २५ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) र २२ परिवारलाई खाध्यान्न तथा पोषण सामग्री सहयोग गरेको हो ।
मकवानपुर महिला समूह र मकवानपुर पोजेटिभ समुहको कार्यालयमा एक कार्यक्रमकाबीच मेयर मिनाकुमारी लामाले सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । उपमहानगरपालिकाले यु अघि विगतका बर्षहरुमा पनि एच.आइ.भि. संक्रमित र प्रभावित बालबालिकालाई नियमित शैक्षिक तथा पोषण सहयोग, संक्रमित परिवारलाई आयआर्जनमा सहयोग, उपचार सहयोग, जनचेतनामुलक कार्यक्रम, एम्बुलेन्स सहयोग, न्यानो कपडा लगायतका सहयोग गर्दै आएको छ ।