मकवानपुर – जननेता मदन कुमार भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा हेटौंडामा मंगलबार अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । प्रेस चौतारी मकवानपुरको आयोजनामा “जनताको बशुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता” विषयक अन्तरसम्वाद कार्यक्रम भएको हो ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खुलालले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ’जनताको बहुदलीय जनवाद’ साच्चै जनताको पक्षमा रहेको बताउनुभयो । मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने भावना नेपालका मात्र नभई विश्वकै नमुना सिद्धान्त भएको बताउनुभयो । जनताको बहुदलीय जनवाद (जबज)ले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममाएमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले मदन भण्डारी अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको उल्लेख गर्नुभयो । उहाँले मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्तमा हामी सबै हिड्नु पर्ने समेत बताउनुभएको छ । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य राचन्द्र अर्याल, एमाले मकवानपुर जिल्ल परिषद सदस्य लक्ष्मण भण्डारी, प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकास दाहालगायतले मन्त्व्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश, जिल्ला, नगरकमिटीका सदस्य लगायतको उपस्थिती थियो ।