हेटौंडा । जननेता मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा हेटौंडा–९, स्थित दिव्य वाल उद्यानमा वृक्षरोपण गरिएको छ । नेकपा (एमाले) ९ नम्बर वडा कमिटीको आयोजनामा बृक्षारोपण कार्यक्रम भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । साे अवसरमा वाल उद्यानमा रहेकाे जननेता भण्डारी र जीवराज आश्रृतकाे शालिकमा माल्यार्पण समेत गरिएकाे थियाे । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, रामचन्द्र अर्याललगायत जिल्ला कमिटी, नगर कमिटी, अनेम संघका सदस्यहरुको उपस्थिती थियो ।

आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाईदै छ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो । उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।