file photo

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक-खण्ड अवरुद्ध भएको छ। आज दिउँसो सडक-खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडक-खण्ड एक घण्टा अवरुद्ध भएको थियो। बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडक-खण्डमा पटक-पटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडक-खण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।