मकवानपुर – मकवानपुर प्रहरीले हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिशेष सूचनाको आधारमा हेटौं–४ कमलडाँडा स्थित रुकमणी न्यौपानेको घरबाट ईलोक्ट्रोनिक्स सामान, नगदसहित अनलाईन जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले न्यौपानेको घरमा तेस्रो र चौथो तल्ला भाडामा लिई संचालनमा आएकोे सुर्य प्रसाद टेक्नोलोजि प्राईभेट लिमिटेडमा पैसाको हार जित हुने गरी अबैध रुपमा अनलाई गेम (जुवा) खेल्ने खेलाउने गरेको फेला पारी नियन्त्रणमा लिएको आज पत्रकार सम्मेलन गरर जानकारी दिएको छ । उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा हेटौंडा वडा नम्बर–९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौंडा–१४ चुरीयामाई बस्ने २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ बस्ने २३ वर्षीय बिकाश बल र मनहरी गाउँपालिका–४ मसिने बस्ने २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय डुलास तामाङ, २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, पालुङटार–८ बस्ने २५ वर्षीय अमोश तामाङ र बारा जिल्ला निजगढ नगरपालिका–४ बस्ने २० वर्षीय अर्पण खड्का रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।