नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित भएका छन् । आज शुक्रवार काठमाण्डाैमा भएकाे चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् ।
पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । पारसले २३ मत पाए भने पियाले १४ मत पाए ।
सङ्घकाे उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र काेषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।
प्रदेशकाे अध्यक्ष जितेका खड्काले अब नेपाल क्रिकेट सङ्घ (क्यान) काे एक प्रमुख पदमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । पारस काठमाण्डाै जिल्लाको सदस्य बन्दै प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्न प्रतिनिधि बनेका थिए ।