file photo

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर ब्याटिङ रोजेको छ ।
भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गर्दैछन् । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो ।
भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।
पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।
समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तानले आज दोस्रो खेल र भारतले पहिलो खेल खेल्न लागेको हो ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ ।