हेटाैंडा – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरको मनहरी गाउँपालिकाको ९ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । जस अन्तरगत मनहरी गाउँपालिका वडा नम्वर १ मा कृष्ण उप्रेती, २ मा निमा थिङ्, ३ मा अनिल पुडासैनी, ४ मा कृष्णबहादुर तितुङ्, ५ मा सोमलाल रुम्बा, ६ मा सुन्दर लामा, ७ मा नारायण सिंह घिसिङ्, ८ मा सुर्यलाल स्याङ्तान र वडा नं ९ मा विश्वराज रानामगर चयन हुनुभएको छ ।
